Swornakshar Logo

लकडाउनको चौथो दिन यस्तो देखियो हेटौडा बजार (फोटो फिचर)

मिलन श्रेष्ठ

हेटौडा । १४ चैत । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का रोकथाम र नियन्त्रणकोलागि देश पुरै लकडाउन गरेको छ । आज लकडाउनको चौथो दिन बागमति प्रदेशको राजधानी हेटौडा यस्तो देखियो । .

सरकारले जारी गरेको लकडाउनको आज चौथो दिन ।विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले नेपालमा संक्रमण फैलन नदिन अत्यावश्यक बाहेका सबै सेवाहरु बन्द गरेको छ ।

सरकारले सोमबार साँझ मंगलबाट चैत १८ गते सम्म अत्यावश्यक बाहेक घरबाट निस्कन प्रतिबन्ध लगाएको हो ।काठमाडौँमा सोमबार कोरोना संक्रमणको बिरामी भेटिएपछि सरकारले लकडाउन गर्ने निर्णय गरेको हो। निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।

अत्यावश्यक सेवा र वस्तुबाहेक अन्य आवतजावतमा रोक लगाउन सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् । सडकमा अत्यावश्यक बाहेक अरु सवारी साधन गुडेका छैनन् ।