Swornakshar Logo

कीर्गिस्तानमा हुने काभा पुरुष भलिबलमा सहभागी हुने नेपाली खेलाडीलाई पोशाक वितरण

काठमाडौं । कीर्गिस्तानमा जुन १८ देखि २५ सम्म आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल खेलमा छनौट भएका खेलाडीलाई पोशाक वितरण गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले खेलाडीहरुलाई पोशाक वितरण गरेका हुन् । अर्थमन्त्री महतले खेलाडीहरुलाई जितेर आउन शुभकामना दिएका थिए ।
राज्यले खेलाडीलाई जति सहयोग गर्नु पर्ने हो त्यति सहयोग गर्न नसकेको बताए । उनले भने,‘ खेलाडीलाई जति सहयोग राज्यले गर्नु पर्ने हो , त्यति गर्न सकेको छैन । यो वजेटमा पनि खेलाडीलाई केहि छुट्याउन सकिएन । आउदो वजेटमा खेलाडीलाई सहयोग पुग्ेन गरि वजेटको तर्जुमा गर्न प्रयास गर्ने छु ।’

खेलाडीलाई स्वं रमेश गुप्ता ज्युको सम्झनामा उहाँकी धर्मपत्नी मञ्जु गुप्ता ज्युँले पोशाक उपलब्ध गराउनु भएको थियो । उनले खेलाडीलाई सहयोग गर्न पाएकोमा खुशि लागेको बताइन् ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने छ । टोली असार १ गते किर्गिस्तान प्रस्थान गर्ने छ ।

काभामा नेपालसँगै आयोजक कीर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्केमिनिस्तान रहेका छन्।

नेपाली टोली

हरि हजुर थापा, लोकेन्द्र राज गिरी, मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सफल विक, धन बहादुर भट्ट क्षेत्री, हेमन्त बहादुर मल्ल र भीम बहादुर गाहा रहेका छन् ।