Swornakshar Logo

दिनभरी तनाबग्रस्त रह्यो बल्खु (फोटो पिचर)

काठमाडौँ । बिहीबार दिनभरी काठमाडौँको बल्खु क्षेत्र आन्दोलनकारी र प्रहरीबीच झडपको केन्द्र बन्यो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको आन्दोलनमा विभिन्न ठाउँबाट जुलुस आएर बल्खुमा जम्मा भएका थिए । आन्दोलनकारीले व्यवस्था विरुद्ध, संघीयता , धर्म निरपेक्षता विरुद्ध नाराबाजी गरे ।

जुलुसमा सहभागी अधिकांशले नेपालको झण्डा लिएका थिए । राजावादीहरुको बाक्लो सहभागिता रहेको प्रदर्शनमा राजतन्त्रको पक्षमा नारा लागेको थियो ।

बिहान ११ बजेदेखि बल्खु चोकमा दुर्गा प्रसाईं समर्थितहरु भेला हुन थालेका थिए । प्रसाईले छोटो सम्बोधन गरेका थिए । आन्दोलनको नेतृत्वकर्ता कोहि नहुदा भिड विस्तारै अराजकता तर्फ गयो । जसको कारण झडप भयो । आन्दोलनकारी र प्रहरी घाइते भए ।