काठमाडौं। जिल्ला प्रहरी कार्यालय डोल्पाले कारागारबाट फरार भएका कैदीबन्दीको सूची सार्वजनिक गरेको छ ।
शनिबार बिहान ८ जना कैदीबन्दी सुरुङ खनेर भाग्न सफल भएका थिए ।
फरार कैदीबन्दी खोजीका लागि सम्पूर्ण प्रहरी युनिट परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
साथै, प्रहरीले फरार कैदीबन्दीको तस्बिर र विवरण पनि सार्वजनिक गरेको छ ।












प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…