ताजा अपडेट
खेलकूद

सुदूरपश्चिम रोयल्सले टस जित्यो, विराटनगर किंग्सलाई ब्याटिङको निम्तो

सुदूरपश्चिम रोयल्सले टस जित्यो, विराटनगर किंग्सलाई ब्याटिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

वर्षाले प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भइरहेको छ । मैदान सुकाउन समय लागेका कारण खेल ५–५ ओभरको खेल हुने निर्णय भएको थियो ।

यसअघि खेल ७.४१ मा खेल सुरु हुने भनिएको थियो । तर, सुदूरपश्चिम रोयल्सले मैदानको अवस्थालाई देखाउँदै खेलाडीको सुरक्षा र बाउन्ड्री छोटो बनाएको विषयमा फरक मत राख्दै खेल खेल्न नमान्दा ढिलो हुन पुगेको थियो ।

लामो संवादपछि सुदूरपश्चिम खेल खेल्न तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…