Swornakshar Logo

हेटौंडामा विजयी र्याली (फोटोफिचर)

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनले विजय प्राप्त गरेको छ । मेयर र उपमेयर लगायत धेरै वडाहरुमा गठबन्धनले विजय प्राप्त गरेपछि आज विजयी र्याली निकालिएको छ । स्थानीय तह निर्वाचन अन्तरगत गत बैशाख ३१ गतेदेखि सुरु भएको हेटौंडा उपमहानगरपालिकाको मत गाणना कार्य शुक्रबार राति सम्पन्न भएको हो ।

हेटौंडाको फरेष्टीबाट सुरु भएको र्याली बुद्धचोक, संगमचोक, कांग्रेस चोक, मानस चोकलगायत उपमहानगरपालिकाको विभिन्न क्षेत्र परिक्रममा गरी सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको छ ।

उक्त र्यालीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देल, हेटौंडा उपमहानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलगायत गठबन्धनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले शुक्रबार राति सावजनिक गरेको मतपरिणाम अनुसार, हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् ।