Swornakshar Logo

चार दलको समाजवादी मोर्चा घोषणा

काठमाडौं । सरकारमा भएका तीन राजनीतिक दल र संसदमा भाग नै नलिएको एक दलबीच समाजवादी मोर्चा बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सहित दलले समाजवादी मोर्चा घोषणा गरेका छन् ।

यी चार दलका शीर्ष नेताले घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् । मोर्चाले १५ बुँदे उद्देश्य तथा नीतिगत प्रतिबद्धताहरू सार्वजनिक गरेको छ ।

संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुनेछ, मोर्चाको घोषणापत्रमा भनिएको छ ।