ताजा अपडेट
समाचार

बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो

बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो

काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ९५ जनालाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ ।

नेपाली सेनाका अनुसार २०८३ असोज २५ गते आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट एमआई–१७ सहित चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले उनीहरूको उद्धार गरेको हो ।

उद्धार गरिएकामध्ये जगतबाट १७ जना, यारुबाट २२ जना, ठूलोढुङ्गाबाट १३ जना, दोभानबाट तीन जना, फिलिमबाट दुई जना, न्याक्फेदीबाट १७ जना, पायुबाट १२ जना, नामरुङबाट तीन जना, देङ्गबाट तीन जना र धौलीबाट तीन जना रहेका छन् ।

उद्धार गरिएकामध्ये नौ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौँ ल्याइएको नेपाली सेनाले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी रहेको छ ।

यसैबीच, बाढीले बगाएको आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज जडान गर्ने तयारीका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली खटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…