Swornakshar Logo

राजधानीको टुँडिखेलमा माघी सङ्क्रान्तिका रोचक दृश्य

१ माघ । काठमाडौँ । थारु र मगर समुदायको महत्त्वपूर्ण चाड ‘माघी’का अवसरमा सो समुदायले काठमाडौँको टुँडिखेलमा ‘माघी महोत्सव’ मनाएको छ ।

थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन् ।

विभिन्न जिल्लाबाट काठमाडौ उपत्यकामा आएर बसोबास गरेका थारु र मगर समुदायले माघी महोत्सवका अवसरमा बुधबार आआफ्ना भेषभुषा र संस्कृति झल्कने पहिरनसहित माघी महोत्सव मनाएका छन् ।