ताजा अपडेट
राजनीति

कांग्रेसको नयाँ विधान र पदाधिकारीको अभिलेख निर्वाचन आयोगमा अद्यावधिक

कांग्रेसको नयाँ विधान र पदाधिकारीको अभिलेख निर्वाचन आयोगमा अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले कांग्रेसको विषयमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले लोकान्तरलाई जानकारी दिए ।

सोही निर्णय बमोजिम आज विवरण अद्यावधिक भएको जानकारी कांग्रेस पार्टीलाई पत्रमार्फत अवगत गराइएको उनले बताए ।

कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापति गगत थापासहित २३१ सदस्यीय नयाँ कार्यसमितिको विवरण गत कात्तिक १६ गते आयोगमा बुझाएको थियो ।

उक्त विवरणमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजका साथै केही महत्त्वपूर्ण निर्णयहरू समावेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…