ताजा अपडेट
राजनीति

नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्रीबिच भेटघाट सुरु

नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्रीबिच भेटघाट सुरु

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा.एस जयशंकरबिच नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ । आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटघाट सुरु भएको हो ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटवार्ताका क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा शाह दुई दिने भ्रमणमा भारत गएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…