ताजा अपडेट
खेलकूद

दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा

दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछ । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेल आजदेखि नै सुरु हुन लागेको हो ।

आजदेखि पाँच खेलको प्रतिस्पर्धा सुरू हुनेछ । महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल हुन लागेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन् ।

बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ ।

दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३ सय ८४ इभेन्ट्समा १ हजार ३ सय ३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…