काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको भाउ घटेको छ।
मंगलबार प्रतितोला पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा ६ हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ४ सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।
मंगलबार प्रतितोला ३ हजार १ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा ३ हजार ४० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार पाँच सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…