Bagmati Samachar Logo

रविले कांग्रेस र एमालेलाई भने : पार्टीभित्रका अफ्ठ्यारा सुल्झाउनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले नेपाली कांग्रेस र नेकपा एमालेलाई पार्टीभित्रका अफ्ठ्यारा सुल्झाउन आग्रह गरेका छन्।

ती अफ्ठ्यारा नसुल्झिए देशको अफ्ठ्यारा बन्न सक्ने उनको टिप्पणी छ।

चितवनमा आजबाट सुरू भएको रास्वपाको पहिलो महाधिवेशनमा लामिछानेले रास्वपाले लोकतन्त्रको लाइन क्रस नगर्नेसमेत बताए।

ुराष्ट्रिय राजनीतिमा रहेका दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेका अफ्ठ्यारा छन्। त्यो दलको अफ्ठ्यारा सुल्झिएन भने देशको अफ्ठ्यारा बन्न सक्छु, लामिछानले भने, ुआफ्नो दल भित्रको अफ्ठ्यारा मिलाउनुहोला। अन्य दलका अफ्ठ्यारा सुल्झिए भने देश राम्रो बाटो जानेछ।ु

लामिछानले यसअघि दलहरू प्रतिस्पर्धी बनेको उल्लेख गर्द आफ्नो पार्टीलाई प्रतिस्पर्धा गर्ने छुट नभएको बताए। उनले रास्वपालाई लडाउने अर्को शक्ति अबको युगमा आउन नसक्ने दाबी गरे ।

‘यसअघि दलहरु प्रतिस्पर्धी बने। हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन। व्यक्तिगत वैमनस्यता बोकेर बाँच्ने होइनु’ लामिछानले भने, ‘त्यो सकिनुपर्छ। ठूलो हृदय बोकेर अघि बढ्ने हो।

रास्वपाको महाधिवेशनले फेरि लामिछानेकै नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्नेछ।