ताजा अपडेट
समाचार

बालेनमा नेपाल–भारत सम्बन्धबारे स्पष्ट भिजन महसुस गरेँ: नरेन्द्र मोदी

बालेनमा नेपाल–भारत सम्बन्धबारे स्पष्ट भिजन महसुस गरेँ: नरेन्द्र मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी बालेन्द्र शाहको प्रशंसा गरेका छन् । शाहले दुई महिना अगाडि संयुक्त राष्ट्रसंघमा गरेको भाषण सम्झिँदै उनले प्रशंसा गरेका हुन् ।
आज दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा मोदीले हिन्दीमा बोल्दै भने, ‘दुई महिनाअघि उहाँले न्यूयोर्कमा आयोजित राष्ट्रसंघको महासभामा गरेको सम्बोधनमा उहाँको दुरदर्शीताको स्पष्ट झलक देखेँ ।’

मोदीले शाहसँग गरेको केही घन्टाको कुराकानीमा पनि उनीबाट प्रभावित बनेको बताए ।

‘पछिल्लो केही घन्टाको कुराकानीमा मैले नेपालको भविष्य र भारत नेपाल सम्बन्धमा उहाँको स्पष्ट भिजन र प्रतिवद्धता महसुस गरेँ,’ उनले भने ।

मोदीले नेपालको जनताले शाहलाई ऐतिहासिक जनादेश दिएको भन्दै बधाइ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…