सुरू भयो एमाले सचिवालय बैठक
काठमाडौं । नेकपा एमाले सचिवालयको आठौं बैठक सुरू भएको छ।
जारी सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसिरहेको हो।
नेताहरूका अनुसार आजको बैठकमा चार जना सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, यमलाल कँडेल, खगराज अधिकारी बोल्ने छन् ।
६ महिनाअघि ११औं महाधिवेशनबाट शक्तिशाली बनेका अध्यक्ष केपी शर्मा ओली यो सचिवालय बैठकबाट संकटमा परेका छन्। १९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन्। १० जना सदस्यहरूले अहिलेसम्म पुनर्गठनको पक्षमा धारणा राखिसकेका छन्।
निर्वाचनमा गम्भीर धक्का व्यहोरेको भन्दै अधिकांश सचिवालय सदस्यले ओलीलाई मार्गप्रशस्त गर्न भनेका छन्।
११ औँ महाधिवेशनमा विधान नै परिवर्तन गरेर ओलीलाई अध्यक्ष बनाउन लागेका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेललगायत नेताहरूले ओलीलाई अध्यक्षबाट राजिनामा दिन भनेका छन् ।
नेताहरूका अनुसार अहिलेसम्म उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेतले खुलेर ओलीको प्रतिरक्षा गरेका छन्।
उपमहासचिव लेखराज भट्ट र पद्मा अर्याल बीचबीचमा देखिएका छन्।


प्रतिक्रिया दिनुहोस्: