नेकपामा अध्यक्षको लविङदेखि पोर्टफोलियो लडाईले बैठक नै बहिस्कारसम्म
काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनेककाे पाँच महीना पुरा भएको छ । नेकपा बनेपछि पनि यो पार्टी दुई तीन महीनासम्म एकता प्रक्रियामा नै सक्रिय रह्यो । यो पाँच महीनामा नेकपाले चुनावको सामना गर्र्यो ।
नेकपाको एकता प्रक्रिया अहिलेपनि पुरा भएको छैन । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न समुह र घटहरुसँग भएको एकता पुरा हुन अझै बाँकि छ ।
एकता पुरा नहुँदै चुनावमा होमिएको नेकपाले १७ सीट जीतेको छ । जसमा ८ प्रत्यक्ष र ९ समानुपातीक सीट ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नै चुनावपछि पनि प्रत्यक्षमा नै ५०–६० सीट जीत्ने आँकलन गरेको बताएका थिए । तर चुनावमा परिणाम नेकपाका नेता कार्यकर्ताले गरेको आँकलन भन्दा विपरित आयो ।
अझ २६ वटा पार्टी, समुह र घटकहरु मिलेर नयाँ पार्टी बनेको थियो । त्यस अनुसार पनि केही सिट थप हुने आँकलन नेताहरुले गरेका थिए ।
पार्टीमा २५ सय भन्दा बढी केन्द्रीय सदस्यहरु छन् । ४५ जनाको कार्यसंयोजन समिति बनाएको छ । उक्त समिति बनेपछि नै नेकपामा विवाद चर्केको स्रोतले बताए । स्रोतले भने,‘अहीले त नेकपामा पदको विवाद चरम अवस्थामा पुगेको छ । कोही पछाडि नाम राख्यो भनेर बैठकमा आउदैनन् । कोही भूमिका पाएनौ भनेर बैठकबाट उठेर हिड्ने गरेका छन् ।’
अध्यक्षको लबिङमा नारायणकाजी
तत्कालीन माओवादी केन्द्रसँग एकता भएपछि नारायणकाजी श्रेष्ठ माओवादीमा सबै भन्दा बढी अवसर पाउने नेतामा पर्छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि सबैभन्दा पहिला एकता केन्द्रसँग पार्टी एकता भएको थियो । एकता केन्द्रले पहिलो संविधानसभामा माओवादीको चुनाव चिह्नमा चुनाव लडेको थियो । माओवादी र एकता केन्द्रबीच २०६५ सालमा पार्टी एकता भएको थियो । माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष हुँदै अहीले पनि नेकपामा माथिल्लो पोर्टफोलियोमा छन् ।
श्रेष्ठको पृष्ठभूमि भने माओवादीले लडेको १० वर्षे जनयुद्धको होइन् । तत्कालीन माओवादीले ’जनयुद्ध’ सुरु गर्ने भनेपछि पार्टी विभाजन गरेर एकता केन्द्र बनाएका थिए । तर दश वर्षपछि माओवादी शान्ति प्रक्रियामा आएपछि एकता गर्न सबै भन्दा पहीला श्रेष्ठ नै आएका थिए ।
एकता भएदेखि अहीलेसम्म पनि उनी कहील्यै माओवादी नभएको तत्कालीन माओवादीका एक नेता बताउछन् । ती नेताले भने,‘उहाँले माओवादीसँग एकता गरेदेखि अहीलेसम्म न माओवादी हुनु भयो न त नेकपा हुनु भयो । उहाँ त एकता केन्द्रको गुट चलाउने प्रचण्डसँग बार्गेनिङ गर्ने पद हत्याउनेमा लाग्नु भयो । यो पटकबाट त्यो पनि सकियो । उहाँ गुटका कसैले पनि चुनाव जीतेन । उनले पनि सर्लाहीबाट हार्नु भयो ।’
श्रेष्ठको चुनाव हारको श्रृखला नै छ । तर पनि पछिल्लो समयमा उनी आन्तरिक रुपमा नेकपाका नेताहरुलाई आफू अध्यक्ष हुने र सहयोग गर्नु पर्ने भन्दै कन्भिन्स गर्न थालेको नेकपाका एक उच्च तहका नेताले बताए । तीन नेताले भने,‘उहाँ अहीले आउदो एकताको महाधिवेशनबाट अध्यक्ष हुने भन्दै नेताहरुलाई प्रत्यक्ष भेट्ने र फोन गर्ने अभियान चलाएका छन् । अब आफूले नेकपाको अध्यक्ष हुनु पर्ने भन्दै नेता कार्यकर्ता भेट्ने अभियान चलाउनु भएको छन् । केही नेताहरुले भेट्न पनि चाहनु भएको छैन । कसैले फोन गर्न थाल्नु भएको भनिरहनु भएको छन् ।’
श्रेष्ठले माओवादीसँग एकता गरेपछि २०७० सालको संविधानसभाको चुनावमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लडे पराजीत भए ।
उनी २०७४ मा एमाले र माओवादीबीच भएको गठबन्धनमा पनि गोरखा क्षेत्र नम्बर २ मा पुगे । गोरखामा उनले पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईसँग पराजित भए ।
तेस्रो चुनावी प्रतिस्पर्धामा नारायणकाजी तराईको सर्लाही क्षेत्र नम्बर ३ मा पुगे । त्यहाँ पनि नराम्रोसँग पराजीत भए । उनको संविधान सभा र प्रतिनिधि सभाको चुनावी हारमा ह्याट्रिक गरेका छन् । योसँगै हिमालको गोरखा, पहाडको मकवानपुर र तराईको सर्लाहीबाट श्रेष्ठले हारको ह्याट्रिकको इतिहास रचेका छन् ।
आर्दशका कुरा गर्ने श्रेष्ठले अवसरको लागि आफैले भन्दै र प्रशिक्षण दिदै आएका कुरा कसरी लत्याउछन् भन्ने कुरा २०७४ सालमा प्रतिनिधि सभाको चुनाव हारेको केही समयमा नै राष्ट्रियसभाको चुनाव लडे । जीते । ६ वर्ष राष्ट्रियसभाको सदस्य भए । गृहमन्त्री, परराष्ट्रमन्त्री भए । तर राष्ट्रियसभाको एक महीनाको पदावधि बाँकि छदै राजीनामा दिएर प्रतिनिधिसभाको चुनाव लड्न सर्लाही ३ पुगे । तर आफैले टिकट खोसेका नेतासँग पराजीत भए ।
अहीले फेरी नेकपाको अध्यक्ष हुने भन्दै आन्तरिक रुपमा लविङमा लागेका छन् ।
माओवादीमा आएपछि उनले पाउदै गरेको असरप्रति नै तत्कालीन माओवादीहरु असन्तुष्ट छन् । फेरी प्रचण्डलाई हटाएर आफू अध्यक्ष बन्नु पर्ने भन्दै अभियान चलाएपछि तत्कालीन माओवादीहरु उनीसँग रुष्ट बनेका छन् ।
एक तत्कालीन माओवादी नेताका अनुसार भदौ २३ र २४ देखि चुनावी मतपरिणामको सन्देश पार्टीहरु सच्चिनुमात्र होइन पुरै रुपान्तरण र पुस्तान्तरणको हो तर अझै नेताहरु पदको लागि लागिरहनु भएका छन् । ती नेताले भने,‘नेकपामा प्रचण्ड, नारायणकाजी अध्यक्ष हुनुमा तात्तीक भिन्नता हुँदैन । अब पुरै रुपान्तरण र पुस्तान्तरण चाहीन्छ । उहाँहरु अझै पदको लागि लागिरहनु भएको छन् । जुन सकिने बाटो हो ।’
पोर्टफोलियोमा भीम र राजेन्द्रको लडाई
नेकपामा आन्तरिक रुपमा सबै भन्दा बढी पेचिलो बनेको छ पोर्टफोलियो । कुन नेताको पोर्टफोलियो के हुने भन्ने विषयमा आन्तरिक रुपमा हानाहान हुनमात्र बाँकि रहेको एक कार्यसंयोजन समितिका सदस्यले बताए ।
ती सदस्यले भने,‘बल्ल तल्ल ४५ जनाको कार्यसंयोजन समिति बनेको छ । त्यो समितिसँग पार्टी भित्रका युवाहरु आक्रोसित छन् । त्यसैमा ४५ जनमा ५ जना माओवादी र एमाले एकताको समयका सचिवालयमा भएकालाई माथि राखेको छ । अरु सबैको अल्फाबेटीक अनुसार नाम राखेको छ । नेताहरुबीच आफूमाथि हुनु पर्ने भन्दै मारामार छ ।’
यो विषयमा भीम रावल र राजेन्द्र पाण्डेले पार्टी कार्यालय पेरिसडाँडा पुगेर प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग असन्तुष्टि राखेका स्रोतले बताए । उनले भने,उहाँहरु आफ्नो नाम अगाडि हुनु पर्नेमा किन पछाडि राखेको भन्दै प्रचण्ड र नेपालसँग असन्तुष्टि राखेका छन् । रावल त बैठकमा नै आउनु हुँदैन । पाण्डे आउनु हुन्छ तर असन्तुष्ट भएर ।’
पाण्डेले त नेपाललाई भेटेर आफू अब प्रचण्डसँगै लाग्ने बताएका स्रोतको दाबी छ । स्रोतले भने,‘तत्कालीन नेकपा एसका दुई जना नेताले नेपाललाई छोडेर प्रचण्डसँग लागेका छन् । पाण्डेले पनि नेपाललाई भेटेर आफू अब प्रचण्डतर्फ लाग्ने धम्की दिएछन् । तत्कालीन माओवादीका वरिष्ठ उपाध्यक्ष पाँचौ नं.मा पर्दा आफू १० औँ नम्बरमा किन परिन भन्दै प्रश्न पनि गरेका थिए । यस्तै हो भने म पनि प्रचण्डसँग लाग्छु ।’
तत्कालीन नेकपा एसका नेता बेदुराम भुसाल र प्रमेश हमाल नेपाल छोडेर प्रचण्ड तर्फ लागेका चर्चा नेकपामा छ । दुई जना नेता उता लागि सक्नु भयो आफू पनि त्यतै लाग्ने धम्कि पाण्डेले नेपाललाई दिएका नेकपाका नेता बताउछन् ।
रन्जिताको चुरीफूरी बेग्लै
नेकपामा सबै भन्दा पछि एकता गर्नेमा रन्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)हो ।
चुनावको मुखैमा श्रेष्ठको नेतृत्वमा रहेको नाउपा नेकपामा समाहित भएको थियो ।
नाउपाका नेता कार्यकर्ता धेरै नेकपामा समाहीत भएनन् । प्रदेशमा रहेका सांसदहरु पनि नेकपाको दलको बैठकमा सहभागी हुँदैनन् । उनीहरु प्राविधिक रुपमा मात्र नेकपामा बस्न बाध्य भएको बताउछन् ।
तर यता श्रेष्ठ सांगठनिक रुपमा नेकपा भित्र कमजोर भएपनि बैठकमा संयोजक र सहसंयोजकको छेउमै बस्न खोज्ने नपाए पाँच जना बसेको लहरमा अगाडि गएर बस्ने गरेको भन्दै अरु सिनियर नेताहरु असन्तुष्ट बनेका नेकपाका नेताहरु बताउछन् ।
अर्को कुरा उनले पनि आफूलाई अल्फाबेटीक रुपमा ३२ औँ नम्बरमा परेको भन्दै असन्तुष्टि राखेको स्रोतले बताए । स्रोतले भने,‘उहाँलाई पनि आफू पछाडि परेको भन्ने लागेको छ । अहीले सन्चो छैन भनेर बैठकमा नै आउनु हुन्न । त्यो असन्तुष्टि पोखेको हो ।’
एकता भएको ५ महीना नपुग्दै र एकता पुरा नहुँदै पदको लागि नेकपामा असन्तुष्टि सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस्: