Swornakshar Logo

एमसीसी विरोधमा बानेश्वरमा आन्दोलनकारीको चर्को नाराबाजी (फोटोफिचर)

काडमाडौं । बिहीबार बिहानदेखि नै काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू माइतीघरबाट र्‍याली नाराबाजीसहित प्रदर्शन गर्दै संसद् भवन नयाँ बानेश्वरमा भेला भएका छन् ।

सत्ता गठबन्धनको अर्को दल नेकपा समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियुले पनि एमसीसीको विरोधमा मीनभवनबाट विरोध र्‍याली निकाल्ने र संसद् भवन घेराउ गरेका छन् ।