Swornakshar Logo

१२२ केजी गाँजा सहित एक जना पक्राउ

मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर १ बाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । घरमा लुकाई राखेको लागूऔषध गाँजा एक सय २२ केजी १०० ग्रामसहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ बस्ने ३३ वर्षीय प्रकाश मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताउनुभयो ।

मोक्तानलाई ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय मकवापुरबाट खटिएको संयुक्त टोलीले लागूऔषध गाँजासहित पक्राउ गरेको हो । उनलाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरीले निजको घरमा चेकजाचँ गर्दा ६ वटा सेतो रङको बोरामा लुकाई छिपाई राखेको उक्त परिणामको गाँजा फेला परेपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, निजलाई पक्राउ गरी घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कारबाही भईरहेको छ ।