काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला उपसभापति र महामन्त्रीका मत गणना जारी रहेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, आइतबार साँझसम्म चार हजार ६ सय मत गणना भएको छ। यसमा उपसभापति खुलातर्फ चन्द भण्डारीले दुई हजार ३४३ मत पाएका छन्।
त्यस्तै, दोस्रो नम्बरमा रहेका मधु आचार्यले एक हजार ४४१ मत पाएका छन्। खुलातर्फ दुई वटा उपसभापति निर्वाचित हुनेछन्।
उपसभापतिमा प्रतिस्पर्धा गरिरहेका गोविन्द भट्टराईले एक हजार २१९, सुरेन्द्रराज पाण्डेले एक हजार १५०, धनराज गुरुङले एक हजार ५३, दीपक गिरीले ६३८ र चन्द्रमोहन यादवले ३८७ मत पाएका छन्।
यसैगरी, उपसभापति समावेशीतर्फ विनोद चौधरी अग्रस्थानमा छन्। चौधरीले एक हजार १४५ मत पाएका छन्। त्यस्तै, जीवन परियारले एक हजार १०७, सीता गुरुङले ७४९, फरमुल्लाह मंसुरले ६३७ र रंजीत कर्णले ३५२ मत पाएका छन्।
महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेलले दुई हजार ६५७ मत पाएका छन्। त्यस्तै, उदयशम्शेर राणाले एक हजार ४९१, सुनिलकुमार शर्माले एक हजार ३८७, अमरसिंह पुन मगरले ९२९, गुरुराज घिमिरेले ९२०, नैनसिंह महरले ६६८, शंकर तिवारीले ८८ र सन्तोष उपाध्यायले ७२ मत पाएका छन्।
त्यस्तै, महामन्त्रीमा महिलातर्फ डिला संग्रौला ९पन्त० ले दुई हजार ३७, महालक्ष्मी उपाध्याय (डिना)ले एक हजार ८३८ र रीता खनालले ४६६ मत पाएकी छन्।
कांग्रेस महाधिवेशनमा सात हजार २९ मत खसेका थिए। मतगणना जारी रहेको छ।


प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…