Swornakshar Logo

ब्राउन सुगर र चरेस सहित हेटौँडामा ६ जना पक्राउ

हेटौँडा । मकवानपुरका विभिन्न ठाउँबाट लागूऔषध ब्राउन सुगर र चरेस सहित ६ जना पक्राउ परेका परेका छन् । हेटौंडा वडा नंबर ८ कमानेबाट ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । त्यस्तै भिमफेदी गाउँपालिका वडा नम्बर– २ भैंसे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा गाँजा सहित ३ जनालाई पक्राउ गरेका छन् ।

ब्राउन सुगरसहित पक्राउ पर्नेमा हेटौँडा ८ का ३१ वर्षीय विशाल राउत, १९ वर्षका सुमित वाईवा र हेटौँडा १० का विमल मोक्तान रहेका छन् । उनिहरुको साथबाट प्रहरीले २५ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै भिमफेदीबाट प्रहरीले ७ किलो ९०० ग्राम गाँजा बरामद गरेको छ । भैसेबाट हेटौडा बजार तर्फ आउदै गरेको बा १२ च ५६४९ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा हेटौंडा–१४ बस्ने ३१ वर्षिय राम बहादुर गोले,सोही कारमा सवार रहेका ३८ वर्षिय सुकराम लोप्चन र ४० वर्षिय बिर बहादुर मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।