Swornakshar Logo

मकवानपुरमा १५० किलो गाँजासहित ४ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले १५० किलो लागुऔषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ । हिजो राती जिल्लाको मनहरी गाउँपालिका ७ रमौलीमा गस्ती गरिरहेको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरीको टोलीले गस्ती गरिरहेको अवस्थामा चार जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कैलाश गाउँपालिका ७ बस्ने ३० वर्षीय रामशरण चेपाङ, सोही ठाउँका १९ वर्षीय विश्वराम चेपाङ, ५६ वर्षीय कमान सिं चेपाङ र कृष्णबहादुर प्रजा रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।