Bagmati Samachar Logo

एमाले पुनर्गठन कार्यदलको बैठक असोज १ सम्म स्थगित, मस्यौदा सम्पादन समिति गठन

काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक असोज १ सम्मको लागि स्थगित गरिएको छ ।

काभ्रेको बल्थलीस्थित एक होटलमा बसेको बैठकमा दुईथरी प्रतिवेदनमा उठेका विषयलाई समावेश गरी अन्तिम मस्यौदा पेश गर्न ३ सदस्यीय सम्पादन टीम बनाइएको सचिव राजन भट्टराईले जानकारी दिए ।

उनका अनुसार उक्त सम्पादन टीमको संयोजकमा रामबहादुर थापा, सदस्यहरूमा विष्णु पौडेल र महासचिवमा शंकर पोखरेलको चयन गरिएको छ ।

अर्का सचिव महेश बस्नेतले कार्यदलमा प्रस्तुत दुवै मस्यौदा प्रस्ताव तथा बैठकका क्रममा सदस्यहरूले राखेका सुझावहरूलाई समेटेर अन्तिम रूप दिन ३ नेतालाई जिम्मेवारी दिइएको बताएका छन् ।