Bagmati Samachar Logo

प्रधानमन्त्री ओलीद्वारा नवलपुर सदरमुकामको शिलान्यास

नवलपुर, ७ बैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको सदरमुकाम सिलान्यास गर्नुभएको छ ।

आज कावासोतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानमा यस क्षेत्रलाई जिल्ला कायम गर्न आफूले धेरै मेहनत गर्नु परेको बताउनुभयो ।

“यस क्षेत्रलाई जिल्लाको रुपमा स्थापित गराउन र यसलाई प्रदेश नं ४ मा राखेर भारतसँग सिमाना जोडाउ मैले धेरैजना नेताहरुलाई सम्झाउनु प¥यो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब यो नयाँ जिल्लाले आफूलाई देश कै नमुना जिल्लाको रुपमा पहिचान बनाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले आगामी तीनबर्ष भित्र हरेक घरमा बिजुली पु¥याइने बताउनुभएको छ । “केही बर्ष भित्र दाउन्नेका पहाडमा सुरुंग मार्ग बनाउछौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्छौं र हजारौंलाई रोजगारी पनि दिन्छौं ।”