Bagmati Samachar Logo

दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको साइबर ब्यूरोले जानकारी दिएको छ ।

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरका बिरामी हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न अदालतले निर्देशन दिएको छ । काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश कमला पौडेलले अनुसन्धान अधिकृतलाई निर्देशनात्मक आदेश दिएकी हुन् ।

आइतबार म्याद थपका लागि उपस्थित गराइएका प्रसाईँले इजलासमा आफू क्यान्सरको बिरामी भएको भन्दै अस्पताल जान पाउनुपर्ने बताएका थिए । उनका कानुन व्यवसायीले पनि त्यसबारे केन्द्रीय भएर बहस गरेका हुन् ।

न्यायाधीश पौडेलले गरेको आदेशमा भनिएको छ, ‘सम्बन्धित चिकित्सकसँग समन्वय गरेर उचित उपचारको प्रबन्ध गर्नु ।’

अदालत उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान गर्न १० दिनको म्याद मागेको थियो ।