Swornakshar Logo

त्रिविमा बीएका परीक्षार्थीको उत्तरपुस्तिका हरायो, गुपचुप छानबिन गदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को लापरवाहीले बीएका परिक्षार्थीको उत्तरपुस्तीका हराएको पाइएको छ । परिक्षा नियन्त्रण कार्यालयको लापरवाहीको कारण विद्यार्थीको भविश्यसँग खेलवाड भएको छ ।

बीएको रिजल्ट निकाल्ने बेलामा उत्तरपुस्तिका नै हराएपछि यतिखेर तनावमा छन् यहाँका कर्मचारी । त्यसै त क्यालेण्डर लागु नगर्ने त्रिविका लापरवाहीका कारण विद्यार्थीले सास्ती भोग्दै आएका छन् ।

पनिकामा स्नातक तह (बीए) प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिका हराएको हो । गत वैशाखमा भएको जनसंख्याको उत्तरपुस्तिका सम्परीक्षण गर्नुअघि नै हराएको स्रोत बताउँछ । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत (र्‍याण्डम्ली) पुनःजाँच गर्छन् । स्रोतका अनुसार देशभरबाट ल्याइएको १६५ वटा उत्तरपुस्तिकाको पोकै सम्परीक्षण गर्नुअघि हराएको छ ।

उत्तरपुस्तिका हराएको विषयमा छानबिनका लागि पनिकाले इतिहास विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनाएको छ । समितिलाई प्रतिवेदन बुझाउन एक साताको समय सीमा दिइएको छ ।

पनिकाले उक्त विषयको गुपचुपरूपमा पुनः परीक्षा गराउने गरी गृहकार्य थालिएको बताइन्छ ।

 

Ba