Swornakshar Logo

महराको घाँटी र मस्तिष्कको नसामा समस्याका कारण केही दिन अस्पतालमै बसेर उपचार गर्ने

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा केही दिन अस्पतालमै रहेर उपचार गर्ने भएका छन । स्वास्थ्य अवस्थाका कारण चिकित्सकको सल्लाहअनुसार महरालाई अझै केही दिन अस्पतालमै राखिने भएको छ ।
शुक्रबार हाजिरी जमानीमा रिहा भएका महरा स्वास्थ्यका कारण अस्पतालमा उपचार गराउने भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको सहमतिमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई हाजिर जमानीमा छोड्ने निर्णय गरेको थियो । उनलाई इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।

सीआईबीका अनुसन्धान अधिकृतहरूले दुई दिन लगातार महराको बयान लिएका थिए । स्वास्थ्यका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबार र बिहीबार माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान गराएका थिए । महराले ८ प्रकारका औषधि सेवन गर्दै आएका छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ ।

Ba