Swornakshar Logo

खैरो हिरोइन सहित हेटौंडाबाट तीनजना पक्राउ

हेटौंडा । मकवानपुर हेटौंडाबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई हेटौंडा उपमहानगरपालिका १० न्यूरेनीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय होम बहादुर थापा मगर, २७ वर्षीय अनिल मोक्तान र हेटौंडा(११ थानाभर्याङ बस्ने २५ वर्षीय रोहित राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनिहरुको साथबाट ३५० मिलि ग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।