Swornakshar Logo

आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको वार्ताबाट सहमति जुटेको हो।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) लाई प्रभावकारी रुपमा कार्यान्वयन गरी मणिपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने भएकाे छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कारवाही चलाइने छ ।

स्वास्थ्यकर्मीहरु माथि वारम्बार भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाको कारक तत्व पहिचान एवं निराकरण गर्न आवश्यक पर्ने नीतिगत र कानुनी सुधारका विषयहरु समेटी प्रतिवेदन पेश गर्न दश दिन भित्र उच्च स्तरीय कार्यदल गठन गरी तीन महिना भित्र प्रतिवेदन पेश गर्ने गरी जिम्मेवारी दिने सहमित भएको छ ।

सहमतिसँगै चिकित्सक संघले पाँच दिनदेखि गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।