Swornakshar Logo

२४औं फोनिज स्थापना दिवस बागमती प्रदेशले १२ बुँदे घोषणापत्र जारी

काठमाडौं । । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले २४ औं फोनिज स्थापना दिवस मनाएको छ । बैठकले १२ बुँदे चौतारा घोष्णपत्र जारी गर्दै स्थापना दिवसपनि मनाएको हो । ।

शुक्रबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न फोनिज बागमती प्रदेश,नेवा–ताम्सालिङ समितिको आयोजना र फोनिज सिन्धुपाल्चोकको व्यवस्थापनमा २९ औं विश्व आदिबासी दिवस तथा फोनिजको २४ औं स्थापना दिवसको अवसरमा नेपालको आदिबासी जनजाति आन्दोलन र फोनिजको भुमिका विषय अन्तक्रिया कार्यक्रम गरेको थियो ।

सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अथिति थिए । कार्यक्रमको अध्यक्षता फोनिज बागमती प्रदेशका फोनिजका अध्यक्ष युवराज श्रेष्ठले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले नेपालमा भएका सामाजिक, राजनीतिक परिवर्तनमा आदिवासी जनजातिहरुको ठूलो योगदान रहेको बताए । उनले जनजातिहरुले सदियौंदेखि आफ्नो अस्तित्व रक्षा, आफ्नो भाषा संस्कृति, परम्परा जोगाउनको निम्ति संगठित रुपमा होस् वा असंठनिक रुपमा त्याग तपस्या, बलिदानले नै समानुपातिक, समावेसी तथा धर्मनिरपेक्ष संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित भएको जनाएका छन् ।

कार्यक्रममा उनले भने “आयातित भाषा धर्म, संस्कृतिको प्रभावका कारण ओझेलमा पर्दै गएको जनजातिहरुको आफ्नो पहिचानसहितको राज्य संरचनाको निम्ति एक जुट भई आफ्नो भाषा, धर्म संस्कृति, परम्परा र अस्तित्वको संघर्षमा निरन्तर लागिरहनु पर्ने देखेको छु ।”

कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, प्रदेश सल्लाहकार जीवन लामा, सुरेन्द्र भक्त दुलाल, प्रेस युनियन बागमती प्रदेशका प्रतिनिधि, प्रेस चौतारी बागमती प्रदेश अध्यक्ष शरद सापकोटा, प्रेस सेन्टर नेपाल बागमती प्रदेश प्रतिनिधि, समाजवादी प्रेस संगठन केन्द्रिय उपाध्यक्ष एवं प्रदेश अध्यक्ष ध्रुव रायमाझी, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सचिव बिदुर आचार्य, नेपाल आदिवासी जनजाती महासंघ सिन्धुपाल्चोक समन्वय समिति उपाध्यक्ष हरी प्रसाद श्रेष्ठ, प्रेस चौतारी प्रदेश कमिटी सदस्य सुनिता रखाल मगर, प्रेस युनियन सिन्धुपाल्चोक जिल्ला उपाध्यक्ष निरोज चौलगाई, प्रेस सेन्टर सिन्धुपाल्चोक जिल्ला अध्यक्ष मणिसुन्दर कोइराला, नेवा पत्रकार दवु जिल्ला अध्यक्ष रविन्द्र श्रेष्ठ, सिन्धु नेवा खल अध्यक्ष माधव लाल कर्मचार्य, घले समाज सिन्धुपाल्चोक जिल्ला अध्यक्ष राम बहादुर घले, नेवा मिसा दवु सिन्धुपाल्चोक अध्यक्ष÷बागमती प्रदेश सचिव सिता कसजु, राष्टिय आदिवासी जनजाती महिला महासंघका प्रतिनिधि रिना श्रेष्ठ, नेपाल तामाङ घेदुङ संघ चौ.साँ.नगर कमिटी सिन्धुपाल्चोकका अध्यक्ष मिलन तामाङ लगाएतका सहभागी रहेका थिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले स्थापना दिवसको अवसरमा सुभकामना दिँदै तथा मन्तव्य राखेका थिए । यसैगरी फोनिज स्थापना दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लामा रही लामो समयसम्म पत्रकारीता पेशा गरिरहेका अग्रज जनजाति पत्रकार ङेम्लिङ लामा सम्मानित भएका छन् । लामाले सम्मान पत्रका साथै नगद रु. पाँच हजार सम्मान स्वरुप प्रादन गरेको छ।