ताजा अपडेट
राजनीति

संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित

संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन् ।

एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा र धम्की प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भए पछि उनलाई पार्टीले सार्वजनिक कार्यक्रममा सरिक हुन रोक लगाएको छ ।

साथै, यो विषयमा रास्वपाले सांसद सुनारमाथि छानबिन गरिरहेको छ ।

छानबिन प्रक्रिया नसकिएसम्म सार्वजनिक पद वा औपचारिक तथा सार्वजनिक कार्यक्रममा सरिक हुन रोक लगाइएको छ । यसकारण उनी बिहीबार बसेको संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका हुन् ।

बिहीबार बिहान निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको दोस्रो बैठक बसेको थियो ।

सिंहदरबारमा बसेको बैठकमा समितिको कार्यविधिका विषयमा छलफल भएको छ ।

१६ असोज २०८३ मा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।

रास्वपा सांसद मनिष झाको नेतृत्वमा गठित ९ सदस्यीय उपसमिति गठन भएको छ । जसमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका छन् ।

यो समितिको पहिलो बैठक २१ असोज २०८३ मै बसेर प्रारम्भिक छलफल भएको थियो ।

दोस्रो बैठकमा कार्यविधिको विषयमा छलफल भएको छ।

उपसमितिलाई दुई महिनाको समयसीमा दिइएको छ । निर्धारित समयभित्र प्राप्त उजुरी र प्रहरी (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) बाट प्राप्त विवरण अध्ययन गरेर प्रतिवेदन दिने गरी उपसमितिले कार्यविधि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…