Swornakshar Logo

एकै दिन दुई जनासँग यौन सम्पर्क राखेकी १९ वर्षीया युवतीले फरक पिता भएका जुम्ल्याहा बच्चा जन्माइन्

एजेन्सी ,काठमाडौ । अमेरिकामा एक १९ वर्षीया युवतीले फरक बुबाबाट एकैपटक जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । यस्तो किसिमको गर्वाधान लाखौँमा एक हुन सक्छ । अचम्मको घटना भए पनि यो असम्भव भने नहुने वैज्ञानिकहरूको भनाइ छ ।

चिकित्सकहरूका अनुसार यसलाई हेटेरोप्याटर्नल सुपरफेकन्डेसन भनिन्छ । एकै दिन दुई पुरुषसँग यौन सम्पर्क राखेको नौ महिनापछि ती महिलाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।

उनले आफ्नो आशंकालाई प्रमाणित गर्न पितृत्व परीक्षण गर्ने निर्णय गरेकी थिइन् । महिलाले एक जना पुरुषलाई बच्चाका बुबा मान्थिन् र उनको डीएनए परीक्षण गरिन् तर एक बच्चाको मात्रै डीएनए मिलेको थियो ।

‘त्यसपछि मलाई अर्का पुरुषसँग पनि यौन सम्पर्क गरेको याद आयो र उनलाई परीक्षण गर्न बोलाएँ’, ती महिलाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘डीएनए मिलेको नतिजापछि म छक्क परेँ । मलाई थाहा थिएन कि यो हुन सक्छ ।’

महिलाका चिकित्सक डा टुलियो फ्रान्कोले अचम्मको घटना भए पनि यो लाखौँमा एक हुन सक्ने बताए । डाक्टरका अनुसार बच्चाहरूको आनुवंशिक संरचना आमाको जस्तै छ । अहिले यी बच्चाहरू १६ महिनाका भएका छन् ।