Swornakshar Logo

अब कक्षा १२ मा फेल भएको विषयमा मात्र ग्रेड वृद्धीपरीक्षा दिन पाइने

कााठमाडौं । कक्षा १२ मा फेल भएको विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिन पाइने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जुन विषयमा ३५ भन्दा कम आएको छ सो विषयमा मात्र परीक्षा दिन पाइने निर्णय गरेको हो ।

यसअघि दुइ विषयभन्दा बढीमा फेल भएमा अर्थात नन ग्रेड भएमा पनि उत्तीर्ण भएको विषयमा पनि परीक्षा दिनुपर्ने थियो। बोर्डका सदस्यसचिव दुर्गा अर्यालले लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गरेर विद्यार्थीलाई सहज बनाइएको बताए । ूजती वटा विषयमा नन ग्रेड पाएको हो सोको मात्र परीक्षा दिन मिल्छ, उनले भने । दुई विषयभन्दा बढीमा नन ग्रेड भएर बसेका करिब ५६ हजार विद्यार्थी लाभान्वित हुने उनले बताए ।