Swornakshar Logo

उपचार गरी फर्किएका चन्द्र भण्डारीले भने– आमा गुमाएको भर्खर थाहा पाएँ

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारी भारतको मुम्बइमा उपचार गराएर आइतबार साँझ नेपाल फर्किएका छन् । करिब दुई महिना भारतको मुम्बईस्थित बर्न सेन्टर अस्पतालमा उपचार गराएर स्वस्थ भई उनी आइतबार स्वदेश फर्किएका हुन् ।

दुई महिनाअघि काठमाडौंको बुद्धनगरस्थित आफ्नौ निवासमा ग्यास लिक भएर आगाली हुँदा उनी जलेका थिए । उनीसँगै जलेकी उनकी आमा हरिकला भण्डारीको भने निधन भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग बोल्दै नेता भण्डारीले आमा गुमाएको खबर भर्खर मात्र जानकारी पाएको बताए ।

भावविह्व हुँदै उनले भने, ‘आमा गुमाएको भर्खर थाहा पाएँ । हुन त नेपालमा धेरै आमाहरूको यसरी जलेर ज्यान गुमाएका छन् । आगलागीबारे सचेतना जगाउनुपर्छ । पाठ्यापुस्तकमै आगलागीबारे सचेतना गराउन आवश्यक छ ।’ उनले आगामी दिनमा आगलागीबारे सचेतना जगाउन नीतिगत निर्णय गराउन सके आमाप्रति श्रद्धाञ्जलि हुने बताए । उनले आमाको किरिया पनि गर्न नपाएको बताए ।