Swornakshar Logo

वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

काठमाडौं । वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई वीर अस्पतालको निर्देशक पदमा नियुक्त गरेका हुन् ।

डा. पौडेल यसअघि राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट थिए । डा. पौडेल अघि वीर अस्पतालको निमित्त कार्यकारी निर्देशकका रुपमा डा. भुपेन्द्रकुमार बस्नेत कार्यरत थिए ।