Swornakshar Logo

ओली अस्वस्थ, निवासमै आराम

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई रुघाखोकी र ज्वरो आएको छ एमाले नेता हिक्मत कार्कीले बताए । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओली अवस्थ भएपछि घरमा नै आराम गरीरहको काकीले बताए ।

कार्कीले भने, ‘रुघाखोकीको ज्वरो आएर आजको भेटघाट र अन्य कार्यक्रममा सहभागी हुनुभएन । आज दमकस्थित निवासमै आराम गरेर भोली बिहानबाट निर्धारित कार्यक्रममा सहभागी हुनुहुन्छ ।’