Swornakshar Logo

अनसनरत डा. केसी र सरकारले बनायो वार्ता टोली

काठमाडौं । विभिन्न माग राख्दै सुदूरपश्चिम पुगेर अनशनमा बसेका अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले वार्ता टोलि गठन गरेसंगै केसीको तर्फबाट पनि वार्ता टोलि बनेको छ ।

सरकारले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा शिक्षा सचिव, स्वास्थ्य सचिव र मेडिकल काउन्सिलका प्रतिनिधि रहेका छन् ।
डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा , ओम प्रकाश अर्याल, डा लिजन महर्जन र प्रितम सुवेदी रहेका छन् ।

गोविन्द केसीका मागप्रति सरकार सकरात्मक रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महादेव पन्थले बताएका छन् ।