Swornakshar Logo

मकवानपुरको विभिन्न स्थानबाट लागुऔषध सहित ५ जना पक्राउ

हेटौंडा । मकवानपुरको विभिन्न स्थानबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट गाँजा र डाईजेपाम प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा ३ बसामाडीका ४२ वर्षीय लक्ष्मण बल,हेटौंडा १६ हटियाका ३९ वर्षीय सुवास लामिछाने,हेटौंडा ७ का २८ वर्षीय विकेश गौतम,हेटौंडा १२ का २७ वर्षीय रमेश विश्वकर्मा र २७ वर्षीय सजन विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बल २० साउनमा हेटौंडा हेटौंडा १९ को गुम्बाचोकबाट ५ किलो ४ सय ग्राम गाँजासहित पक्राउ परेका हुन् भने लामिछाने र गौतम २२ साउनमा हटियाबाट ३५० मिलिग्राम खैरोहेरोईनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसैगरि, रमेश र सजन हेटौंडा(१२ को नयाँपुल भित्री बाटोमा लागुऔषध डाईजेपाम १६ एम्पुल, फेनरागन १६ एम्पुल,नुफिन १६ एम्पुल गरी ४८ एम्पुलसहित पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचैजना माथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।