ताजा अपडेट
समाचार

धादिङमा बोलेरो दुर्घटना, एकको मृत्यु, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

धादिङमा बोलेरो दुर्घटना, एकको मृत्यु, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं। धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । गम्भीर अवस्था भएका ६ जना घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

आज बिहान मंसिर ४ गते सेर्तुङबाट बोराङतर्फ जाँदै गरेको बोलेरो जिप उकालो सडकमा अनियन्त्रित भएर करिब ४०० मिटर तल खसेको थियो।

दुर्घटनामा नौ जना घाइते भएका थिए। नेपाल प्रहरी र स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको थियो। उनीहरूमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो।

दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। अन्य घाइतेको अवस्थाबारे थप विवरण खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…