ताजा अपडेट
राजनीति

आन्दोलनभन्दा संवाद, छलफल र सहकार्यमार्फत समस्याको समाधान खोज्नुपर्छ : सभामुख अर्याल

आन्दोलनभन्दा संवाद, छलफल र सहकार्यमार्फत समस्याको समाधान खोज्नुपर्छ : सभामुख अर्याल

मकवानपुर। प्रतिनिधिसभाका सभामुख सम्माननीय डोलप्रसाद (डीपी) अर्यालले आन्दोलनभन्दा संवाद, छलफल र सहकार्यमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

छठ पर्व मनाउन पर्सा जाने क्रममा मकवानपुरमा स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसँगको भेटघाट र छलफलका क्रममा सभामुख अर्यालले आन्दोलनबाट कुनै पनि पक्षको हित नहुने उल्लेख गर्दै संवाद र छलफल नै समस्याको दीर्घकालीन समाधानको प्रभावकारी माध्यम भएको बताए ।

उनले हालै भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा भएका विपद्का घटनाले मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यस्तो संवेदनशील परिस्थितिमा थप आन्दोलन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे ।

सभामुख अर्यालले स्थानीय जनताको आवश्यकता, माग र भावनालाई सम्बोधन गर्ने गरी कानुन निर्माण गरिने बताउँदै त्यसका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग पर्याप्त छलफल र परामर्श गरिने स्पष्ट पारे ।

स्थानीय जनप्रतिनिधि तथा नागरिकसँगको भेटघाट र छलफलपछि सभामुख अर्यालले हेटौंडास्थित सहिद स्मारकको अवलोकनसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…