सरकारको चेतावनी : बढी शुल्क लिएमा मेडिकल कलेजको सम्बन्धन खारेज
काठमाडौँ । मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलन पश्चात सरकारले तोकेको भन्दा बढी शुल्क लिने कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ ।
विभिन्न शिर्षकमा मेडिकल कलेजले निर्धारित शुल्क भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन सुरु गरेपछि त्यस्ता मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने भन्दै सरकारले चेतावनी दिएके हो ।
बुधवार शिक्षा मन्त्रालयका प्रवक्त दिपक शर्माले विज्ञप्ति जारि गरेका छन् । जसमा गैरकानुनी रूपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा उल्लेख गरिएको छ । शिर्षक नखुलाएर शुल्क लिने गरेका मेडिकल कलेजलाई पटक पटक निर्देशन दिईएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारको निर्देशनलाई वेवास्ता गरि बढी शुल्क लिने मेडिकल कलेजलाई कानुन बमोजिम कारवाहि गर्ने सरकारको चेतावानी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: