Swornakshar Logo

पार्टी सनाखतका लागि नेकपा एकीकृत समाजवादीका नेताहरु आयोगमा

काठमाडौं । नयाँ पार्टी दर्ताका लागि नेकपा एकीकृत माजवादीका अध्यक्ष माधव नेपाल सहित नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । आयोगले उनीहरूलाई सनाखत गर्न आज ११ बजे बोलाएको थियो।

एकीकृत माजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य दुई वटा पर्यटक बस चढेर आयोग पुगेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको थियो। आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग पुगेका छन् ।

केही दिन पहिला सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश जारी भएपछि नयाँ पार्टी दर्ता गर्न नेपाल पक्षले नेकपा एमालको केन्द्रीय कमिटी वा संसदीय दलका २० प्रतिशत संख्या आफूसँग भएको आज आयोगमा प्रमाणित गर्नु पर्नेछ।

उनीहरूलाई सनाखत गर्नका लागि आयोगले बुधबार दिउँसो दुई बजेसम्मको समय तोकेको छ।