ताजा अपडेट
समाचार

भीमफेदीमा यात्रुवाहक ईभी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

भीमफेदीमा यात्रुवाहक ईभी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान करिब ५ः४५ बजे भएको दुर्घटनामा ३ महिला, ५ पुरुष र २ बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३ पुरुष र २ बालकको उद्धार गरिएको छ ।

काठमाडौँबाट सर्लाहीतर्फ जादैँ गरेको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…