ताजा अपडेट
समाचार

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोमा बोलाइयो

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले आफू साइबर ब्युरो जान लागेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत एक घण्टापछि साइबर ब्युरो पुग्न लागेको जानकारी दिएका हुन् ।

आजका सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्ने पनि उनले बताएका छन् । चाडबाडको बिदाका दिनसमेत प्रहरीको ताकेता आएपछि साइबर ब्युरो जान लागेको उनले बताए ।

‘चाडबाड बिदाको बेलामा समेत प्रहरीको ताकेता आएपछि एक घण्टापछि साइबर ब्युरोमा पुग्दैछु । आजको सबै भेटघाट सम्भव भएसम्म साइबर ब्युरोमै गर्दैछु,’ उनले लेखेका छन्, ‘जय नेपाल’

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…