पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।
खनाललाई पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।
खनालको स्वास्थ्यमा सुधार हुँदै गएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए। उनले भने, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ ।’
हिजोबाट सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने काम भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य जस्तो गम्भीर विषयमा जथाभावी नबोल्न उनले आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट गलत सन्देश प्रवाह गर्ने व्यक्तिलाई कारबाही गर्न पनि भट्टराईले माग गरेका छन् ।
चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको बताउँदै स्वास्थ्यमा सुधार भइरहेको बताए ।
नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।
एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालको चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्: