Bagmati Samachar Logo

उपमहानगरपालिका र विद्यालय मिलेर व्यवस्थापन समिति अस्थायी अध्यक्ष नियुक्ति ,अभिभावकद्धारा बदर गर्न माग

हेटौडा । मकवानपुरको हेटौडा उपमहानगरपालिका– २ मा रहेको सिद्धार्थ माध्यामिक विद्यालयमा गठन भएको विद्यालय व्यवस्थापन समितिको अभिभावकद्धारा नै विरोध भएको छ ।

उक्त विद्यालयको व्यवस्थापन समिति स्थानीय तहले शिक्षा नियमावली मिचेर गठन गरी अध्यक्ष नियुक्त गरेपछि यसको बदर गर्न माग अभिभावकले माग गरेका छन्।

हेटौडा उपमहानगरपालिकाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेपछि बदरको माग गरिएको हो । हेटौडा उपमहानगरपालिकाको नगर शिक्षा समितिको निर्णयानुसार २ नं. वडा कार्यालयले जेठ २ गतेको पत्रबाट सिद्धार्थ माध्यामिक विद्यालयमा पुरानै समितिका पदाधिकारी रहने गरी विद्यालय व्यवस्थापन समिति गठन गरी अध्यक्ष समेत नियुक्ती गरेपछि अभिभावकले सो विरूद्ध पत्रकार सम्मेलन गरी अध्यक्ष नियुक्ति बदर गर्न माग गरेका हुन् ।

विद्यालयले गत पुस २४ गते अभिभावक भेला गरी विद्यालय व्यवस्थापन समितिको म्याद समाप्त भएको जानकारी दिएको थियो । विद्यालयले नै व्यवस्थापन समिति गठनकोलागि निर्वाचन कमिटी गठन गरी अभिभावक मध्येबाट उमेदवारी दिन लगाइएको थियो । जसमा २६ जनाको उमेदवारी दर्ता भएको थियो । तर लामो कसरतमा उम्मेदवारहरूबीच सहमति हुन नसेको भन्दै पहिलेको अध्यक्षलाइ नै अस्थायि अध्यक्षमा पुन नियुक्ती गरिएको थियो ।

अभिभावकहरु शिक्षा ऐन विपरीत व्यवस्थापन समिति गठन नहोस भनेर पटक पटक सचेत गराउदै आएका थिए । तर स्थानीय तहबाटै गलत कामलाइ साथ दिएपछि आफूहरू त्यसको विरोधमा उत्रेको प्रेस विज्ञप्तिमा जनाएको छ। पटक पटक छलफल गर्दा निवर्तमान अध्यक्ष मधु बजगाँइको विकल्पमा अन्य व्यक्तिको नाम सहमति जुट्ने अवस्था रहँदा रहँदै विद्यालय प्रशासनबाट वडा कार्यालयलाइ पत्राचार गरिएको प्रति समेत ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापकले हुदै नभएको अभिभावकलाइ अभिभावक भएको देखाउँन विद्यार्थीको कृर्ते हाजिर समेत गराउने गरेको विज्ञप्तिमा भनिएको छ । यसैगरी हेटौडा उपमहानगरपालिका २ नं. वडा कार्यालयले अहिले बनाएको अस्थायी विद्यालय व्यवस्थापन समितिका ३ जना सदस्यले राजिनामा दिएका छन् । ‘गलत क्रियाकलापमा संलग्न विद्यालयका प्रअको राजिनामा र योग्यता नपुगेका व्यक्तिलाइ गरिएको अध्यक्षको नियुक्ती बदरको गरी यथाशीघ्र विद्यालय व्यवस्थापन समिति गठनको लागि हामी जोडदार माग गर्दछौ’ विज्ञप्तिमा भनिएको छ ।