Swornakshar Logo

अवैध गाँजासहित वडाध्यक्ष पक्राउ

हेटौडा ।असार १२ । बाग्लुङको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन् । अध्यक्षले घरमा लुकाईछिपाई अवैध गाँजा राखेको भन्ने सुराकीका आधारमा आज बिहान उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी सो परिमाणको गाँजा बरामद गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याउने र गाँजाको धुलोलाई ल्याबमा परीक्षण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।