कक्षा ११ र १२ को परीक्षा स्थगित
काठमाडौ । २५ चैत । कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । परीक्षा बोर्डको आज बसेको बैठकले निर्णय गरेको अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै तत्काललाई कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरिएको परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।
कक्षा १२ को परीक्षा ८ वैशाख र कक्षा ११ को परीक्षा २१ वैशाखमा गर्ने तालिका सार्वजनिक गरिएको थियो ।
कोरोना भाइरसकै कारण एसईईको परीक्षा पनि स्थगित भएको छ ।
कोरोना माध्यमिक शिक्षा परीक्षा ९एसईई० ६ चैतका लागि तोकिएको थियो । कोरोना भाइरस ९कोभिड १९० का कारण अन्तिम समयमा परीक्षा स्थगित गरिएको थियो ।
अब कक्षा १०, ११ र १२ को वार्षिक परीक्षाको नयाँ तालिका लकडाउन खुलेपछि सार्वजनिक गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्: