यी हुन् कोरोनाविरुद्ध लड्ने नेपाल सरकारसँग भएका सामग्री
काठमाडौं । २५ चैत । नेपाल सरकारले विश्वव्यापी रुपमा चुनौतिपूर्ण बनेको कोरोना महामारीविरुद्धमा लड्नको लागि ऐक्यबद्धता जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा समबोधन गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनले विपतसँग जुध्ने नेपालीको धैर्यता रहेको समेत बतताएका छन् भने सरकारले क्रमश क्षमता वृद्धि गर्दै लगेको पनि जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीका अनुसार मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ । अहिलेसम्म ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा रहेका छन् ।
३ हजार २ सय ५९ क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, अहिलेसम्म ९५ जना उपचारत रहेका छन् ।
सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन ९पिसिआर० प्रविधिबाट परीक्षण शुरु गरिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण (र्यापिड डिटेक्सन टेस्ट आरडिटी) विधिमार्फत् हजारौंको नमूना परीक्षणको तयारी अगाडि बढाइएको प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् ।
सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ इक्वीपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थान सहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरु रहेको जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्: