Bagmati Samachar Logo

बेल्जियमबाट फर्किएकी बाग्लुङकी युवतीमा भेटियो कोरोना संक्रमण

हेटौडा । १५ चैत । नेपालमा आज एकजनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत अर्का एक जनाको नमूना परीक्षण पोजेटिभ देखिएको जानकारी दिएको हो । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यका भन्दा बाहिर भेटीएको दोस्रो हो । १९ वर्षीय महिला बेल्जियमबाट कतार हुँदै १७ मार्च (चैत ४ गेत) क्वूआर ६५२ प्लाइटबाट आउनु भएको हो । उहाँ चिकित्सको सम्मपर्कमा हुनुहुन्छ, उहाँको स्थिति सामान्य छ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने ।

भाइरस पोजेटिभ पुष्टि भएपछि उनलाई काठमाडौं उपचारका लागि ल्याइँदै गरेको मन्त्रालयले जनाएको छ ।

आज कोरोना भाइरस सक्रम भएको पुष्टि भएको व्यक्ति पनि गत ४ चैतमा कतार एयरवेजबाट नेपाल आएको खुलेको छ ।

उनीसँगै नेपाल आएकी अर्की एकजनालाई यसअघि नै कोरोना पोजेटिभ भएको पुष्टि भइसकेको छ ।

आज मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनी करतारबाट आएको बताइएको छ । आज भेटिएकी युवतीसँगै नेपालमा दोस्रो संक्रमितका रुपमा भेटिएका व्यक्तिको हाल टेकु अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको क्यू आर ६५२ उडानबाट काठमाडौं आएका हुन् ।